सिस्ने शिक्षा क्याम्पसमा क्रान्तिकारी विजयी

रुकुम जिल्लाको सिस्ने शिक्षा क्याम्पस रुकुमकोटमा माओवादीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन -क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ । आइतवार निर्वाचन हुने भनिए पनि क्रान्तिकारीबाहेक अन्य संगठनले उम्मेदवारी दर्ता नगरेपछि क्रान्तिकारीको प्यानललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।�

घोषणा गरिएको परिणामअनुसार सभापति डिल्लीबहादुर चन्द, उपसभापति सुशील परियार, सचिव प्रकाश वली, सहसचिव विनोद मल्ल र कोषाध्यक्षमा नोथिङ मल्ल निर्वाचित भएका छन् । सदस्यहरुमा सन्तोष बुढा र टेकम गौतम रहेका छन् । क्रान्तिकारीले आइतवार रुकुमकोटमा विजयी र्‍याली गरेको थियो । यो क्याम्पससँगै रुकुमका तीनवटै क्याम्पसका स्ववियुमा क्रान्तिकारीको प्यानल विजयी भएको छ । यसअघि खलंगा बहुमुखी क्याम्पस र शितल क्याम्पस चौरजहारीमा पनि क्रान्तिकारीको प्यानल विजयी भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: