आत्मनिर्भरताको अभ्यासमा दलित महिलाहरू

नरेन्द्र केसी
रुकुम
हिजोआज रुकुम चुनवाङकी सुनिता परियारको दैनिकी फेरिएको छ । केही वर्षघिसम्म श्रीमानस“गै गाउ“भरि घुम्ने र कपडा सिलाएवापत खलो -काम गरेवापत आउने अन्न) ल्याएर घर परिवार चलाउने उनको कामकाज बद्लिएको छ । श्रीमान्को निधनपछि उनीमाथि सि·ो परिवार धान्ने बोझ आइपर्‍यो । तर सुनिताले त्यसलाई बोझ होइन दायित्व सम्झेर सम्मानपर्ूवक घरमूलीको भूमिका निर्वाह गरिरहेकी छन् । त्यति मात्र होइन उनले सि·ो दलित बस्तीकै अगुवाको रुपमा जनचेतना समेत जगाइरहेकी छन् ।
सुनिता आजभोलि पनि गाउ“भरि घुम्छिन् तर हिजोको जस्तो खलो स्यहार्न होइन, उनी त समाजको मुहार फर्ेन घुम्ने गरेकी छिन् । श्रीमान्को मृत्युपछि घर परिवार धान्ने दायित्व आएपछि खसी बाख्रा पालनमा जुटिन् । घा“स पात र गोठाला जा“दा पनि भा“ग्रो कात्दै आएपछि आÇनो सफलताको कथा सुनाउ“दै सुनिता भन्छिन्,-ँकेही वर्षै घरपरिवार चलाउन सजिलो भयो, अहिले माओवादी निकट दलित मोर्चामा रहेर राजनीति र समाजसेवा पनि गर्न थालेकी छु ।’ पशुपालन र खेतबारीमा रहेको भा“ग्रो कातेर जीवनस्तर उकास्ने कार्यमा जुटेकी छु । यसका साथै समाजसेवा र
राजनीतिमा लागेर चेतनास्तर उकासेको बताउने सुनिता आÇनो अनुभव सुनाउ“दै भन्छिन्,-ँपहिले मेशिन बोकेर श्रीमान्स“गै दुनियाको घरमा सिलाउन गइयो, अब खलो प्रथामा होइन निश्चित ज्यालामा सिलाउनर्ुपर्छ भनेर आवाज उठाउन सि·ो दलित बस्तीलाई संगठित र सचेत बनाएकी छु ।’
महत-१ रुकुमकी सरिता विकलाई पनि अब श्रीमान्को भर पर्नुपर्दैन । केही वर्षघिसम्म गाडी चालक रहेका श्रीमान्ले कहिले पैसा पठाउलान् र घर्रखर्च टारौंला भन्ने सरितालाई अहिले त्यस्तो समस्या छैन । ँश्रीमान अर्की श्रीमती लिएर भारततर्फलागेपछि शुरु-शुरुमा समस्या भयो तर अहिले पसल गर्न थालेपछि समस्या हटेको छ’-उनी भन्छिन्,-ँश्रीमान् मरेपछि वा उसले सहयोग गर्न छाडेपछि समस्या त पर्छ तर आÇनो खुट्टामा उभिने प्रयास पनि गर्नुपर्छ । अहिले सरिताले व्यापारबाट घर्रखर्च मात्रै चलाएकी छैनन्, छोरीलाई अनमी पढाएर एउटा संस्थामा जागीर समेत लगाइसकेकी छन् ।
रुकुमकोट छ्रि्री दहकी सेती नेपालीको जीवन कथा फरक छ । सुनिता र सरितालाई जस्तो श्रीमान्विहीन हुनुपरेको छैन । श्रीमान् हु“दा-ह“ुदै पनि सि·ो घरपरिवार उनले धानेकी छिन् । दिनरात रक्सीमा लठ्ठएिर श्रीमान्ले घर
परिवारलाई बेवास्त गर्न थालेपछि सेतीले आपै+m सिलाईकर्टाई शुरु गरेर घरपरिवारलाई पालेकी छिन् । ँश्रीमान्ले सहयोग नै नगरेपछि परिवार पाल्न सिलाईकर्टाई गर्न थालेकी हु“ अहिले राम्रै भइरहेको छ’-उनले भनिन् । आप+mैले कमाई गर्न थालेपछि समाजबाट पनि सम्मान पाएको महसुस गर्न थालेको उनको अनुभव छ ।
सुनिता, सरिता र सेती त प्रतिनिधि पात्र मात्र हुन्, रुकुमका थुप्रै दलित महिलाहरू आत्मनिर्भरताको बाटो अघि बढिरहेका छन् । श्रीमान्को मृत्यु भए वा सहयोग गर्न छाडेपछि असहाय बनेर बस्ने वा दोस्रो बिहे गरेर बालबच्चालाई बिचल्ली पार्नुको सट्टा आपै+mले कुनै पेसा व्यवसाय अंगालेर घरपरिवार चलाउने दलित महिलाको संख्यामा बृद्धि भइरहेको रुकुमका दलित बुद्धिजीविहरू बताउ“छन् । दलित बुद्धिजीवि एवम् जनशिक्षा प्रावि चौखावाङ रुकुमका प्रधानाध्यापक जयलाल नेपाली भन्छन्,-ँजातीय तथा लैं·कि जागरण, विभिन्न सञ्चारमाध्यमबाट आउने चेतनामूलक कार्यक्रम, शिक्षाप्रतिको जागरण र संघसंस्थाहरूले चलाउने चेतनामूलक कार्यक्रमको प्रभावस्वरुप दलित महिलाहरूमा आत्मनिर्भरताको विकास भएको मान्न सकिन्छ ।’
त्यसो त विगतको तुलनामा शिक्षाप्रति दलित समुदायको आकर्षा निकै बढेको उनको भनाई छ । त्यसमा पनि दलित छात्राहरूको संख्या बढिरहेको छ । ँदलित समुदायमा चेतना ह्वात्तै बढेको छ । छोराछोरी पढाउनर्ुपर्छ भन्ने जागरण आएको छ तर आर्थिकस्तर बढ्न सकेको छैन’-प्रधानाध्यापक नेपाली भन्छन्,-ँजसले गर्दा तल्लो कक्षा उत्तर्ीण्ा गरेर अधिकांश पुरुषहरू कमाउन भारततिर जाने परम्परा बनेको छ । तर महिलाहरूले भने माथिल्लो कक्षासम्म पुग्न थालेका छन् ।’ दलित समुदायमा आएको जागरणले शिक्षाप्रति आकर्षा बढेको छ र बालविवाहमा कमी आएको छ ।
दलित महिलामा विकास हुन थालेको आत्मनिर्भरताले उनीहरूलाई सम्मानित जीवनयापनका लागि सहयोग पुग्ने विचार छ लामो समयदेखि दलित आन्दोलनमा क्रियाशील ओपेन्द्र विश्वकर्माको । घरेलु तथा लैं·कि हिंसामा पनि कमी आउने उनको विश्वास छ । तर, यत्तिकैमा चित्त बुझाएर दलित महिलाका लागि राज्यले केही नगर्ने हो भने आम दलित महिलाको जीवनस्तर नफेरिने उनको दावी छ । ँदलित महिलाहरूले समाजभित्र स्पष्टरुपमा वर्गीय, जातीय र लि·यि उत्पीडन सहेका छन् भने दलित समुदायभित्र उनीहरूले लि·यि उत्पीडन सहेका छन् । उनीहरूले जातीय उत्पीडन सहेका छन्’-विश्वकर्मा थप्छन्,-ँयी तीनै खाले उत्पीडनको पहिचान गरेर राज्यले ठोस कार्यक्रम ल्याएर मात्र दलित महिलालाई अगाडि बढाउन सकिन्छ ।’
स्थानीयस्तरमा बढेको आत्मनिर्भरताको जागरणलाई सम्मान गर्दै दलित महिलाको उत्थानका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने धारणा राख्छिन् दलित महिला अधिकारकर्मी रमा स्वर्ण्र्ाार । महिलामाथि हुने घरेलु हिंसा रोक्न कानुन बनाउने, आमाको नामबाट नागरिकता दिने, पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था गर्ने, राज्यका सबै निकायमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने, दलित महिलाका लागि आएको अनुदान लक्षित ठाउ“सम्म पुग्ने र हरेक दलित महिलालाई स्वरोजगार वा आत्मनिर्भरताका लागि राज्यले अनुदान र सहुलियत ऋणको व्यवस्था गरे मात्रै दलित महिलाहरूले सम्मानित जीवनयापन गर्न पाउने उनको उनको भनाई छ । ँअब नया“ सरकारले दलित र महिलाका लागि ठोस कार्यक्रम ल्याउनर्ुपर्छ । नया“ संविधानमा पनि दलित महिलाको अधिकारबारे स्पष्ट उल्लेख गरिनु पर्ने उनीहरूको माग छ ।
सौजन्यः ँसहअस्तित्व’ बुलेटिन
क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगञ्ज ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: